पहिराेले पुरिएर एकको मृत्यु, दुई जना घाइते
सोमबार, ०४ असार २०८०, १९ : ५५
तनहुँ । तनहुँमा पहिरोमा पुरिएका एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार साँझ म्याग्दे गाउँपालिका वडा नम्बर १ माथिल्लो गुणादी स्थित पृथ्वीराजमार्गको मुग्लिङ पोखरा सडक खण्डमा सडकको माथिबाट पहिरो खस्दा सो दुर्घटना भएको हो ।
सो क्रममा सडक निर्माणको काम गरिरहेका मजदुरलाई पहिरोले पुरेको थियो । मृतकमा झापाका भीम भुजेल रहेका छन् भने घाइतेमा झापाकै कृष्ण लिङ्देल र उदयपुरका बलबहादुर राई रहेका छन् ।
लिङ्देनको दमौली र राईलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।