आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश चयन

मङ्गलबार, ०५ असार २०८०, ०८ : ३१
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युएईको राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ ।

आगामी २०२३–२५ कार्यकालको  निर्वाचनको लागि निर्वाचन समितिको संयोजकमा सङ्घका पूर्व अध्यक्ष एवं हालका प्रमुख संरक्षक  रमेश श्रेष्ठलाई नियुक्ति गरिएको हो । 

समितिका अन्य सदस्यहरूमा एनआरएनए युएईका पूर्व अध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पूर्व महासचिव एवं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन् ।  

उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका    अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तान्तरण गरे ।  

अध्यक्ष ढुङ्गानाले एनसिसि बैठकले सङ्घको २०२३–२५ कार्यकालको अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको बताए ।

सङ्घका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा आइतबार दुबईको अल रायन होटेलमा बसेको  उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ  । यसैगरी सङ्घको अधिवेशन र सङ्घको २०२३–२५ को कार्यसमितिको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप