आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दोषीलाई कारबाहीको माग गर्दै उपप्राध्यापक चलाउनेको पक्षमा प्रदर्शन (तस्बिरहरू)

दोषीलाई कारबाहीको माग गर्दै उपप्राध्यापक चलाउनेको पक्षमा प्रदर्शन (तस्बिरहरू)

मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । अनसनरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनको पक्षमा वृहत् नागरिक आन्दोलनले जिल्ला अदालत काठमाडौँ अगाडी प्रदर्शन गरेको छ । 

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउनेले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका छन् । आफूले न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको बताउँदै आएका छन् । 

आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो । दोषीलाई कारबाही गर्नुपर्ने भन्दै उनको मागप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया