आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

मङ्गलबार, ०५ असार २०८०, १५ : ०९
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । 

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए। अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। 

पोखरेलका अनुसार मुटुको शल्यक्रिया गरेर राष्ट्रपति पौडेललाई पेसमेकर राखिएको छ । पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेसमेकर राखेका हुन् । गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।

मुटुकै समस्याका कारण राष्ट्रपति पौडेललाई उपचारका लागि भारतमा लगिएको थियो । तर उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन। शल्यक्रिया पछिको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी गराउने पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप