आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दु:खद घटना

मन्त्री सवार गाडी दुर्घटना : घाइते दुई महिलाको मृत्यु

मङ्गलबार, ०५ असार २०८०, १६ : ३३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

 सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र  आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।

 पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्‍याएका थिए । तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए । 

उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप