आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा २६ अंकको गिरावट

मङ्गलबार, ०५ असार २०८०, १६ : ३५
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत देखिएपनि करिब १२ बजेदेखि घट्न थालेको नेप्से सूचक १.२७ प्रतिशतले घटेर बन्द भएको हो ।

यससँगै, आज परिसूचक २०६४ अंकमा आएर रोकिएको छ । यसक्रममा ४ अर्ब ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज १ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

परिसूचक २६ अंकले घट्दा २ कम्पनीको सेयर मूल्य स्थिर भएको छ । यस्तै, १९३ कम्पनीको सेयर मूल्य घट्दा २८ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यसक्रममा आज सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य र इङ्गवा हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । परिसूचक उच्च अंकले घटेपनि आज ३ समूहको सूचक भने बढेको छ । लगानी, उत्पादनमूलक र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक सबै समूहको सूचक घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप