मन्त्रिपरिषद् बैठक सुरु
मङ्गलबार, ०५ असार २०८०, १६ : ४३
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने एक मन्त्रिले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक प्रत्येक मंगलबार बस्दै आएको छ ।