आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिगमा छिन्नमस्ता र कन्चनरुप विजयी

मङ्गलबार, ०५ असार २०८०, १७ : २१
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेश्रो दिन मंगलबार सम्पन्न भएका छन् । तेस्रो दिन भएको खेलमा शरद भेसावकरको कप्तानीमा रहेको छिन्नमस्ता लायन्स र अविनाश कर्णको कप्तानीमा रहेको कन्चनरुप राइनोज विजयी भए । दुवै टिमको यो पहिलो जित हो । 

छिन्नमस्ता लायन्सले राजविराज दि किंगलाई ३६ रनले हरायो । पब्लिक विन्देश्वरी स्कुलको मैदानमा भएको खेलमा छिन्नमस्ताले एक सय ५९ रनको लक्ष्य दिएको थियो । जवाफमा राजबिराज दि किंगले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनमात्र बनाउन सक्यो ।

अभिषेक कार्कीले सर्वाधिक ४१ रन बनाए । बिक्रम सोबले २८ र तृतराज दासले १८ रन बनाए । टस हारेर ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा सात विकेट क्षेतीमा एक सय ५८ रन बनाएको थियो ।

छिन्नमस्ताको लागि राहुल मण्डलले सर्वाधिक ५० रन बनाएका थिए । प्लेयर अफ दि म्याचसमेत घोषित भएका उनले ४० बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । शुभ कंसाकारले १९ बलमा ३२ रन बनाए । हिमांशु दत्ता र पप्पु यादवले समान १६÷१६ रन जोडे । कप्तान शरद भेसावकरले ११ रन बनाए । राजविराजका बलर अभिषेक कार्की, तृतराज दास र सन्तोष कार्कीले दुई÷दुई तथा बिक्रम सोबले एक विकेट लिए ।

अर्को खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई सात विकेटले पराजित ग¥यो । बलान बिहुलले दिएको एक सय ३८ रनको लक्ष्य कन्चनरुपले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । कन्चनरुपका लागि अमित यादवले सर्वाधिक ६७ रन बनाए । उनले ४२ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

सुमित श्रेष्ठले पनि अविजित २७ रन बनाए । राकेश कामतले २३ र अविनाश कर्णले २१ रन बनाए । चौथो विकेटको लागि अमित र सुमितले अविजित ६७ रनको साझेदारी गरे । बसिर अहमदले दुई र रोबिन सिंहले एक विकेट लिए ।     

त्यसअघि टस जितेर ब्याटिङ गरेको बलान बिहुल सुपर किंग्सले १७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । पवन सर्राफले सर्वाधिक ५० रन बनाए । उनले २७ बलमा चार छक्का र पाँच चौका प्रहार गरे । बसिर अहमदले २० र हसिम अन्सारीले १३ रन बनाए । कन्चनरुपका बलर राशिद खान, चित्र बिस्ट, पप्पु यादव र सुमित श्रेष्ठले दुई/दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप