सांसद बडू भन्छन्–किन समाजवादी मोर्चा चाहियो, विचारणीय पक्ष छ
मङ्गलबार, ०५ असार २०८०, १९ : १३
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणीय रहेको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस भएको बताए ।
उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महसुस भयो यो पनि एउटा विचारणीय पक्ष हो । एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला । किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला । त समाजवादतर्फ मुलुकको अभीष्ट हो, लक्ष्य हो भन्ने कुरालाई भनेका छन् । छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो ।’
सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताए ।