आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले दियो आदेश

बुधबार, ०६ असार २०८०, १९ : २६
बुधबार, ०६ असार २०८०

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले बुधबार शैक्षिक मेला नरोक्न आदेश जारी गरेको हो ।

जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरेको थियो । त्यसको विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले अदालतमा रिट दायर गरेको थियो ।   

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप