आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

बुधबार, ०६ असार २०८०, २१ : ०९
बुधबार, ०६ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनकाअनुसार असार ९ गते केन्द्रीय समिति र १० गते हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

विधान अधिवेशनको तयारी तथा संशोधन विधान मस्यौंदामाथि छलफलका लागि बैठक बोलाएको बताउँदै उनले पार्टीकाे विधान संशोधन गरी तयार पारिएको मस्यौंदामाथि छलफल गरी त्यसलाई पारित गर्ने र राजनीतिक समितिमा पठाउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप