आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी मात्र किन्ने

बुधबार, ०६ असार २०८०, २१ : ५०
बुधबार, ०६ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद गर्ने भएको छ । संघीय राजधानी समेत रहेको महानगरपालिकाले आवश्यक सवारी साधन खरिद गर्नुपरेमा विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति बनाएको हो । 

बुधबार आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम ल्याएको महानगरले सफा र हराभरा शहर बनाउने अवधारणा अनुरुप यस्तो नीति ल्याएको हो । साथै आगामी श्रावण १ गतेदेखि काठमाडौं महानगरभित्र ४० माइक्रोन भन्दा कम पोलिथिन (प्लास्टिक) का झोला, फूलगुञ्छाको उत्पादन एवम् बिक्री वितरणमा समेत पूर्णरूपमा निशेध गरिने मेयर बालेन (बालेन्द्र) साहले घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप