आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ : लामिछाने

बिहीबार, ०७ असार २०८०, १२ : २४
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी दिनमा आम नागरिकसम्म पुग्नुपर्ने चुनौती रहेको बताएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्ष सकारात्मक रहेको पनि बताए । ‘यो एक वर्षको यात्रा अत्यन्त सकारात्मक रह्यो । हामीलाई आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ,’ उनले भने, ‘हाम्रा विचार, नीतिहरु हामी कुन ढंगले अगाडि बढ्दै छौं आम नागरिकलाई बुझाउनुपर्ने छ ।’  

एक वर्षको अवधि उर्जावान र सकारात्मक रहेको उनले बताए । ‘सुरुवात गर्दा हामीलाई विश्वास त थियो । तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन । समाजमा परिवर्तनको घण्टी बजिसकेको छ,’ लामिछानेले  भने । उपनिर्वाचनसम्म आइपुग्दा रास्वपाबारे आम नागरिकलाई थाहा भए पनि मतमा रुपान्तरण काम गर्नुपर्ने उनको भनाइ छ ।

‘योग्य, क्षमतावान मान्छेहरुको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रुपमा आयो भन्ने कुराको जानकारी भयो । त्यसलाई मतमा रुपान्तरण गर्ने गरी काम गर्नुपर्ने छ,’ लामिछाने भन्छन्, ‘संगठन विस्तार गरेर हामीले चाहे जस्तो नेतृत्वको विकास गरेर ठूलो बन्ने हो । ठूलो बन्नु संख्यामा मात्र ठूलो भन्ने कुरा भएन ।  पार्टी संगठनलाई परिणाम मुखी बनाउने ठूलो चुनौती छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप