आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

सन्दीपले लिए वेस्ट इन्डिजको तेस्रो विकेट

बिहीबार, ०७ असार २०८०, १३ : ५६
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ । नेपाली स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिए । उनले किंगलाई ३२ रनमा बोल्ड गरेका हुन् । 
त्यसअघि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराए । गुल्सनले चाल्र्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए । त्यतिबेला वेस्ट इन्डिज नौ रन बनाएर खेल्दै थियो । 

त्यसअघि नेपालका अर्का बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । करण विश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । 

जिम्बाबेको हरारे स्पोर्ट क्लबमा भएको खेलमा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गरेको हो । 

त्यसैले बिहीबारको खेलमा नेपाली बलर ललित राजवंशीले पनि इतिहास रचे । विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली बलर बने ललित । नेपालले ललितलाई वेस्ट इन्डिजविरुद्धको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एकएक रन लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप