आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केही सातामै टेलिभिजन ‘टक शो’ ल्याउँदै हिमेश

बिहीबार, ०७ असार २०८०, १५ : ३०
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । एक समय निकै चर्चित थिए ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त । अहिले उनी गुमनाम जस्तै छन् । आखिर के गर्दैछन् पछिल्लो समय हिमेश ? 

अहिले केही सातामै एक टेलिभिजन ‘टक शो’ ल्याउने तयारीमा आफू जुटेको पन्तले बताए । ‘म एक दुई साताभित्र एक टेलिभिजन ‘टक शो’ तयारीमा छु’, उनले भने ‘अहिले शो आइसक्थ्यो । प्राइमटेलिभिजनबाट नभएर अर्काे टेलिभिजनबाट ल्याउन लागेको कारण ढिलो भयो ।’ ‘टक शो’को टेलिभिजन बाहेक सबै कुरो फिम्स भएपनि नाम पनि राख्न बाँकी छ । ‘स्क्रिप्ट कन्सेफ सबै रेडी छ । नाम र टेलिभिजन जुर्याएर शो छिट्टै ल्याउँछु’ हिमेशले भने ।

हिमेशका अनुसार ‘टक शो’मा युवा राजनीतिक नेता अतिथिको रूपमा सहभागी हुनेछन् भने होस्ट उनी आफैँले गर्नेछन् । शोमा राजनीतिक नेता गेस्ट भएपनि राजनीतिक प्रश्न १० प्रतिशत मात्र हुन्छ । ९० प्रतिशत प्रश्न अन्य हुनेछ । ९० प्रतिशत प्रश्न सामाजिक, विभिन्न समस्या र त्यसको समाधानका कुरामा केन्द्रित रहनेछ । शो कमेडी शैलीमा सेन्स अफ ह्युमरका साथ हुने उनले जानकारी दिए ।

‘टक शो’का लागि हिमेशले एक्सरसाइज गरेको अलि लामो समय भयो । शोका लागि प्राइम टाइम टेलिभिजनसँग प्रसारण कन्ट्रयाक्ट पनि भएको थियो । तर अहिले उनले प्राइम टाइम टेलिभिजनबाट शो नल्याउने बताउछन् । 

हिमेश शोको अलवा अहिले राष्ट्रिय स्वतन्त्र पाटीको राजनीतिमा पनि सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप