आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले चयन गर्‍यो थप १८ जना विधान अधिवेशन प्रतिनिधि

बिहीबार, ०७ असार २०८०, १९ : ०९
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ । जसपाको विधान अधिवेशन असार १० गतेदेखि हुँदैछ ।

बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले संघ तथा प्रदेशमा सांसद रहेको तर केन्द्रीय समितिमा नरहेकोलाई प्रतिनिधिमा चयन गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

संघ तथा प्रदेशमा त्यस्ता सांसद आठ जना रहेका छन् । त्यस्तै, पार्टीको साधारण सदस्य तथा अन्य भातृ संगठनमा रहेकामध्ये १० जनालाई समेत प्रतिनिधिमा चयन गरेको छ ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते विभिन्न ग्रुप बनाएर छलफल गर्ने  र १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने छन् ।अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप