आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकमा पैसा थुप्रिएपछि दोस्रो दिन थप २० अर्ब तान्दै राष्ट्र बैंक

शुक्रबार, ०८ असार २०८०, १५ : ००
शुक्रबार, ०८ असार २०८०

काठमाडौं । बैंकमा अधिक तरलता थुप्रियपछि केन्द्रिय बैंकले धमाधम पैसा तान्न थालेको छ । बैंकले रिभर्स रिपोमार्फत दुई दिनमा ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 
केन्द्रीय बैंक असार ७ गते रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गरेको थियो । लगत्तै बैंकले आगामी असार १० गते बैंक तथा वित्तीय संस्थाहरुबाट थप २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । 

शुक्रबार एक सूचना जारी गर्दै बैंकले एक साताका लागि २० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत प्रशोचन गर्न लागिएको जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । 
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्नेगर्छ । 

रिभर्स रिपोमार्फत दुई दिनमा ३० अर्ब रुपैयाँ तान्दैगर्दा बजारमा तरलता थुप्रियको सहजै अनुमान गर्न सकिन्छ । उसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ । 
मौद्रिक नीतिको समीक्षाले बैंकदर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो । 

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप