आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत

शुक्रबार, ०८ असार २०८०, १९ : ५१
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरूलाई कारबाही गर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विपन्न, गरिब, असहाय र बेवारिसे नागरिकहरूलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन् ।  

मन्त्री बस्नेतले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिँदा १० प्रतिशत उपचार विपन्न, गरिब, असहाय, बेवारिसे बिरामीहरूलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनले दशकौँदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको बताए ।  

मन्त्री बस्नेते आफू सुर्तीजन्य पद्धार्थमा कर बढाउनका लागि लागिपरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप