आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री महत

शुक्रबार, ०८ असार २०८०, २० : १२
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन् । शुक्रवार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए । 

उनले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताए । उनले करको विषयमा देशको हितलाई हेरेर दर हेरफेर गरिएको बताए । 

 करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने आशमा रहेकाहरू रिसाएको भन्दै आफूले  समग्र उद्योग र अर्थतन्त्रको हितमा केन्द्रित भएर कर प्रस्ताव गरेको दाबी गरे । उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझाव अनुसार सरकारले करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको उल्लेख गरे । 

 बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताए । 

महतले यसबारे व्याख्या गर्ने अधिकार आफूलाई नभएकोले यसको व्याख्या  अदालतले मात्र गर्नसक्ने बताए । उनले महालेखाले भनेको विषय मन्त्रीले काट्नसक्ने अवस्था नभएकाले लागू गरेको दाबी गरे । 

उनले भने, 'करको दर हेरफेर गर्दा मैले कसैको मुख हेरेको छैन । व्यवसायी सबैलाई थाहा छ । करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो । उहाँहरु रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हितमा केन्द्रित भएर कर प्रश्ताव गरेका छौं । महालेखा परीक्षकको सुझाव अनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियम अनुसार सहजीकरण गरिएको हो । यो नयाँ कर थपेको हैन । अदालतले मात्र यसको टुंगो लगाउन सक्छ । मैले केही गर्न सक्दिनँ । मैले राहत मात्र दिएको हो, यसको अन्तिम निक्र्यौल मबाट हुँदैन, महालेखाले भनेको विषय मैले काट्नसक्ने अवस्था पनि थिएन ।’

उनले  विगतका सरकारले निरन्तरता करछुट बढ्दै गएकाले त्यसलाई नियन्त्रण गरेको बताए । उनले सरकारले बजेटमार्फत कर नभएर करको दायरालाई बढाएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप