आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम

शुक्रबार, ०८ असार २०८०, २० : २८
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ ।

पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको स्रोतले जनाएको छ ।

नाम पठाएको एक साता भइसक्दा पनि भारतले जवाफ भने पठाइसकेको छैन । विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साताभन्दा बढी भइसकेको छ ।  तर हालसम्म जवाफ नआएको हो  । जवाफ आएपछि टोली भारत जानेछ ।

भारतले १५ वटा राँगा दिने सहमति गरेको छ । त्यही राँगाको प्राविधिक जाँचका लागि जान टोलीको नाम पठाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप