आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्राध्यापक चलाउनेको अनसन तोडियो

शुक्रबार, ०८ असार २०८०, २० : ५४
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आज अनसन तोडेका छन्। पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनसन बस्दै आएकी चलाउनेलाई चितवनकी होमकुमारी बरालले चलाउनेलाई दही खुवाएर अनसन तोडाएकी हुन् ।

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी सङ्घ (विसङघ)का कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनसन बसेका थिए । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् । उनी आजै चितवनबाट काठमाडौँ आएकी थिइन् ।

 सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनसन स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप