आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘डिजिटल नेपाल’का लागि सहयोग गर्ने ह्वावेको प्रतिबद्धता

शनिबार, ०९ असार २०८०, १२ : २१
शनिबार, ०९ असार २०८०

काठमाडौँ । ह्वावे दक्षिण एसिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताएका छन् । प्यानले ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा बोल्दै डिजिटल नेपालका लागि सहयोग गर्ने बताएका हुन् ।

२ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । यस्तै, उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले गरेका थिए । कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरूसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् । 

विभिन्न ६ विषयवस्तुमा १५ बढी सत्रहरू सञ्चालन हुनेछन् । कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति छ ।

उद्घाटन सत्रमा डिजिटल क्यापाबिलिटजको बारे वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई,ह्वावे एसिया प्यासिफिक क्षेत्रका सिनियर इन्डष्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलको बारेमा सञ्चार सचिव कृष्ण बहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धि सत्रहरू सञ्चालन हुनेछन् । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित भइरहेको कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनी मोबाइल वर्ल्ड कङ्ग्रेसको रूपमा मोबाइल नेपाल कङ्ग्रेसको आयोजना गरिरहेको छ । मोबाइल नेपाल कङ्ग्रेसमा सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरूको जानकारी मोबाइल कङ्ग्रेसमा पाउनेछन् । 

ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप