कविता
तीतो यथार्थ
शनिबार, ०९ असार २०८०, १३ : ४३
यथार्थ हुन्छ, सधैँ तीतो
तर पनि
जिउनु पर्छ यथार्थमै
सुख होस या दुःख
हाँसो होस् या आँसु
मिलन होस् या बिछोड
तीतो होस् या मीठो
हुन्छ यथार्थ त वास्तविक नै
हुन्छ झुटो कुरा अनि खबरले
एक छिन खुसी भए पनि
वास्तविकता त थाहा भइहाल्छ
एक न एक दिन त
त्यसपछि त दुःखी हुनु पर्छ नै
यसर्थ,
बरु दुःखको कुरो
जति कठोर भए पनि
दुःखको कुरोले
जति दुःखी बनाए पनि
आखिर जिउनु पर्छ यथार्थमै
त्यसैले भन्छन्,
यथार्थ हुन्छ सधैँ तीतो ।