आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको विधान अधिवेशन आजदेखि सुरु

आइतबार, १० असार २०८०, ०७ : ०९
आइतबार, १० असार २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा )नेपाल को विधान अधिवेसन आजबाट सुरू हुँदैछ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो ।

उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन् । 


विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।

पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप