आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

आज बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

आइतबार, १० असार २०८०, ११ : ०९
आइतबार, १० असार २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले तान्न थालेको छ । आज असार १० गते केन्द्रीय बैैंकले रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ तान्दैछ ।  एक साताका लागि बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । 

यसअघि असार ७ गते १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरिएकोमा माग गरेभन्दा १६ अर्ब रुपैयाँ बढी अर्थात् २६ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो ।  यसले बैंकमा उच्च तरलता रहेको तर लगानीको वातावरण नभएको प्रस्ट हुन्छ । पछिल्लो तथ्याङकअनुसार बैंक तथा वित्तीय संस्थामा कूल ५५ खर्ब ७१ अर्ब निक्षेप संकलन हुँदा मुस्किलले ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको छ । 

बैंकमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक हप्तामा ३० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत पैसा तान्दैछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप