आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रहरीले नष्ट गरेको गाँजा खेतीको क्षतिपूर्ति आउँदैन’

आइतबार, १० असार २०८०, १३ : ३५
आइतबार, १० असार २०८०

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गाँजा खेतीको सम्बन्धमा अहिले प्रचलित कानून नै लागू हुने बताएका छन् । उनले आज प्रतिनिधिसभामा उठेको प्रश्नको जवाफ दिँदै गाँजा खेती अहिलेकै प्रचलित कानून लागू हुने बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै जेठ १५ गते गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने योजना सार्वजनिक गरेको थियो । त्यसपछि, प्रतिनिधिसभामा गाँजा खेतीको विषयमा निकै चर्चा पाइरहेको छ ।

गाँजा खेती सम्बन्धमा उठेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री श्रेष्ठले हाल प्रचलित कानूनमा खेती गर्न नपाउने भनिएको सम्झाए । उनले भने, ‘अहिले गाँजा खेती गर्न पाइन्छ भनिएको छैन । सम्भाव्यता अध्ययन गर्ने मात्रै भनिएको छ ।’ सोहीकारण, प्रहरीले नष्ट गरेको गाँजा खेतीको क्षतीपूर्ती सरकारले नब्यहोर्ने श्रेष्ठको भनाई छ ।  ‘गाँजा खेती खुलाउने कानून बनाउने प्रक्रियामा पनि गएको छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रममै औषधीजन्य पदार्थका लागि खेतीको सम्भाव्यता खोज्ने भनिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप