आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारी संस्थाविरुद्धको उजुरीले सीआईबीको कोठा भरिन लागेको छ : गृहमन्त्री श्रेष्ठ

आइतबार, १० असार २०८०, १४ : १४
आइतबार, १० असार २०८०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले सरकारले सहकारी नियमनका लागि काम गरिरहेको बताए । 

मन्त्री श्रेष्ठले भने– ‘हाम्रो एक जना माननीयले सहकारीको समस्याको बारेमा ध्यानाकर्षण गराउनुभयो । निश्चित हो, अहिले हाम्रो सीआईबीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ । अहिले सहकारीको ठुलो समस्या छ । यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको छ । यससम्बन्धी एउटा कमिटी पनि गठन गरेको छ । यस सम्बन्धमा समाधानका उपाय निकाल्नका निम्ति हामी पहल गर्दैछौँ । केही अनियमितता छन्, केही तरलता अभावका कारण भएका समस्याहरू पनि देखा परेका छन् ।’

उनले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको बताए । यस्तै ट्राफिक प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा सरकार चिन्तनशील रहेको बताए । उनले नेपाल प्रहरीका साथै निजामती कर्मचारीलाई योग र ध्यान गराउने कार्य अघि बढाउन लागेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप