आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१५० वर्षसम्म बाँच्न राखेका थिए १२ डाक्टर : ल्याबमा परीक्षण गरेको खाना खान्थे, ५० वर्षमै बिते माइकल ज्याक्सन

आइतबार, १० असार २०८०, १४ : १६
आइतबार, १० असार २०८०

२५ जून २००९, लस एन्जलसको एक साधारण दिन । 

दिउँसो करिब २ः२६ बजे टिभी च्यानलको वेबसाइटमा खबर आयो कि किङ अफ पप माइकल ज्याक्सन रहेनन् । खबर आउने बित्तिकै सन्नाटा छायो, धेरै मानिसहरू सडकमा बेहोस हुन थाले र सिङ्गो लस एन्जलसको खुसीको वातावरण शोकमा परिणत भयो ।

केही मिनेटमा गुगल, ट्विटर, विकिपीडिया प्रयोगकर्ताको ट्राफिकको कारण क्र्यास भए । १५० वर्षसम्म बाँच्न चाहने माइकल ज्याक्सनको ५० वर्षको उमेरमा अचानक मृत्यु कसरी भयो भनेर विश्वभरका मानिसहरू जान्न चाहन्थे ।

माइकल ज्याक्सनको मृत्यु २५ जून २००९ मा दिउँसो करिब १२ बजे भइसकेको थियो । उनको मृत्यु प्रोपोफल र बेन्जोडायजेपाइनजस्ता भारी डोजको औषधीको ओभर डोजका कारण हृदयाघातका कारण निधन भएको थियो । उनको १५० वर्षभन्दा बढी बाँच्ने चाहना थियो जसका कारण उनले आफ्नै घरमा १२ निजी डाक्टरको टिम राखेका थिए । उनीहरुले उनलाई औषधी र सही डाइट दिन्थे ।  माइकलको खाना पनि सुरुमा प्रयोगशालामा परीक्षण हुन्थ्यो त्यसपछि मात्र उनलाई खान दिइन्थ्यो ।

michael jackonउनको मृत्यु हुँदा उनका निजी डाक्टर कोनराड मुरे उनीसँग होम्ब्ली हिल्स, लस एन्जलसमा थिए । माइकललाई निद्रा नलाग्ने समस्या भएका कारण थुप्रै औषधी दिइएको थियो । औषधी खाएपछि मात्र उनी निदाउन सक्थे । तर एक दिन डाक्टरले माइकललाई कोठामा बेहोस अवस्थामा भेटे । उनलाई तत्काल सिपिआर दिइयो । यसको कुनै प्रतिक्रिया आएन । डाक्टरले स्वास्थ्य सहयोग माग्न घरमा ल्याण्डलाइन र मोबाइल खोजे तर सुरक्षाका कारण सबै ल्याण्डलाइन बन्द थिए । उनी तुरुन्त बाहिर तिर दौडिएर गार्डलाई ९११ मा फोन गर्न भने ।

मेडिकल हेल्पलाइन नम्बर ९११ मा ठिक १२ः२२ बजे फोन गरियो । तीन मिनेटमा नै एम्बुलेन्स डाक्टरसहित पुगे । डाक्टर त्यहाँ पुग्दा माइकलले सास फेर्न बन्द गरिसकेका थिए । उनलाई सिपिआर दिइयो तर यसले कुनै फाइदा मिलेन । उनलाई तुरुन्त रोनाल्ड रिगन युसीएलए मेडिकल सेन्टर लगियो । करिब दुई घण्टाको कोसिसपछि दिउँसो २ः२६ बजे उनलाई मृत घोषित गरियो ।

माइकल ज्याक्सनको मृत्युका कारण १३ जनाले आत्महत्या गरे । सुसाइड प्रिभेन्सन हटलाइनमा उनको मृत्यु भएको भोलिपल्ट अस्ट्रेलियामा ५० वटा फोन आएको थियो । उनीहरू यति गहिरो शोकमा थिए कि आत्महत्या गर्न चाहन्थे । 

michael jackon1शवको मस्तिष्क बिना नै अन्तिम संस्कार गर्न लागिएको थियो, खर्च भयो १२ करोड

सन्दिग्ध स्थितिमा भएको मृत्युको सही कारण पत्ता लगाउनमा प्रहरी र डाक्टरलाई महिनौँ लाग्यो । पोस्टमार्टमका लागि माइकलको मस्तिष्क निकालेर त्यसको परीक्षण गरिएको थियो । घरका सदस्य अन्तिम संस्कार गर्न चाहन्थे तर धेरै समय बितिसक्दा पनि नतिजा निस्किएन । यस्तोमा परिवारका सदस्य माइकलको शवलाई मस्तिष्क बिना नै गाड्न चाहन्थे । यद्यपि, धेरेले सम्झाएपछि परिवारका सदस्य प्रतीक्षा गर्न राजी भए ।

मृत्यु भएको ठिक ३९ दिनपछि ३ सेप्टेम्बर २००९ मा माइकल ज्याक्सनको निजी अन्त्येष्टि  भयो । यसमा २०० जना सामेल थिए ।

सुनको ताबुतमा गाडिएका कारण चोरी हुने डर थियो 

माइकलको शवलाई सुनको ताबुतमा राखेर कङ्क्रिटमा गाडिएको थियो । उनलाई मेकअप आर्टिस्टले ठ्याक्कै त्यसरी नै तयार पारे जसरी उनी आफ्नो प्रस्तुति दिनु अघि तयार हुने गर्थे । माइकलको शव गाडेको स्थानबारे जानकारी दिइयो भने प्रशंसकले समाधि स्थल खनेर शव चोर्लान् भन्ने डर उनको घरका सदस्यलाई थियो ।

यसैकारण उनको शवलाई रहस्यमयी तरिकाले अन्त्येष्टि गर्ने निर्णय गरिएको थियो । यद्यपि, पछि माइकलको शव फरेस्ट लनको ग्रेट माइसिलियममा अन्त्येष्टि गरियो, जहाँ हलिउडका क्लार्क गबल, जिन हार्लो, वाल्ट डिज्नीजस्ता ठुला हस्तीको अन्त्येष्टि गरिएको छ ।

michael jackon doctorमाइकलको मृत्यु भएको ८ महिनापछि ८ फेब्रुअरी २०१० मा उनका डाक्टर कोनराड मुरेलाई उनको ‘अनइन्टेसनल’ हत्यामा दोषी पाइयो ।

michael jackon3स्मारकको टिकट किन्नका लागि १६ लाख आवेदन, ३०० करोड जनताले हेरे

जुलाई ७, २००९ मा, लस एन्जलसको स्टेपल्स सेन्टरमा माइकल ज्याक्सनको लागि एउटा स्मारक बनाइएको थियो । यसको उद्घाटनमा सहभागी हुन टिकट किन्नका लागि १६ लाख मानिसले आवेदन दिएका थिए । यसको स्ट्रिमिङ अमेरिकामा ३.५ मिलियन मानिसहरूले हेरे जबकि संसारभरीका ३०० मिलियन मानिसहरूले यो हेरेका थिए । यो इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको घटना हो ।

michael jackon2मृत्युको १० वर्षपछि पनि सबैभन्दा धेरै कमाउने गायक थिए माइकल

फोर्ब्सका अनुसार माइकलले आफ्नो मृत्युपछि १७ हजार ११० करोड रुपैयाँ कमाएका थिए । सन् २०१९ को सूची अनुसार, माइकल मृत्यु भएको १० वर्ष पछि पनि सबैभन्दा धेरै कमाउने गायक थिए । जबकि दोस्रो नम्बरमा चर्चित गायक एल्विस प्रेस्ली थिए । सन् २०१८ सम्म माइकलको नाममा २८.४० अर्ब कमाई भएको थियो । रिपोर्टका अनुसार माइकल आफ्नो मृत्यु हुनु अघि कङ्गाल हुने स्थितिमा थिए । यस्तो अवस्थामा उनको मृत्युपछिको कमाइले परिवारले ऋण तिरेको थियो ।

पपका राजा भनेर चिनिने माइकल ज्याक्सन विश्वकै उत्कृष्ट गायक भइसकेका छन् । आफ्ना गीतहरू, मूनवाक, नृत्य शैली बाहेक, माइकल विश्वलाई हेर्ने दृष्टिकोण र चुनौतीपूर्ण विज्ञानको लागि पनि समाचारमा छाइरहन्थे । माइकलको ५० वर्षको उमेरमा मृत्यु भयो, यद्यपि, उनी सधैँ १५० वर्षभन्दा बढी बाँच्न चाहन्थे ।

यसका लागि उनी दैनिक अक्सिजन चेम्बरमा सुत्थे र लामो समयसम्म बाँच्नका लागि घरमै बनाएको प्रयोगशाला र व्यक्तिगत अनुसन्धान गराउँथे । माइकल ज्याक्सनले विश्वमा यस्तो समय अवश्य आउने विश्वास व्यक्त गर्दथे जब विज्ञानको सहयोगले मृतकलाई पुनर्जीवित गर्न सम्भव हुनेछ । माइकल ज्याक्सनलाई विश्वको सबैभन्दा चर्चित गायक मानिन्छ, जसको नाममा ३९ गिनिज वर्ल्ड रेकर्ड छ । 

michael jackon4माइकल ८ दाजुभाइमध्ये कान्छो थिए

माइकल ज्याक्सनको जन्म अगस्ट २९, १९५८ मा ग्यारी, इन्डियानामा भएको थियो । उनी आफ्ना आमाबाबुको ८ औँ सन्तान थिए । उनको सम्पूर्ण परिवार ज्याक्सन स्ट्रिटमा २ कोठाको घरमा बस्थे । बुबा जोसेफ वाल्टर (जो ज्याक्सन) एक पूर्व बक्सर थिए जसले गिटार बजाउँथे, जबकि आमा क्याथरीन पनि पियानो बजाउने गर्थिन् ।

प्रस्तुति बिग्रँदा बुवाले बेल्टले पिट्थे

घरको आर्थिक अवस्था राम्रो नभएकोले माइकलका बुवाले सन् १९६४ मा ज्याक्सन ब्रदर नामको ब्यान्ड बनाए, जसमा सबै दाजुभाइले सडक प्रदर्शन गरेर पैसा कमाउने गर्थे । माइकलका बुबाले उनलाई खासै मन पराउँदैनथे । उनी माइकलको नाक र उनको अनुहारको बनावटको मजाक उडाएर उनलाई पिट्थे । एक अन्तरवार्तामा उनले आफ्नो बुवाले प्रस्तुति बिगार्दा बेल्टले पिट्ने गरेको बताएका थिए । बुवाको यस्तो व्यवहारले माइकललाई नराम्रोसँग असर पारेको थियो ।

सन् १९६५ मा, ज्याक्सन ७ वर्ष पुग्दा उनको समूहको नाम ज्याक्सन फाइभ राखियो र उनले यसको नेतृत्व गर्न थाले । ज्याक्सन फाइभले आफ्ना गीतहरू सार्वजनिक गर्न जारी राख्यो र उनीहरूले अमेरिकामा पहिचान पाउन थाले । ज्याक्सन फाइभ सन् १९७७ मा टुट्यो र माइकल फिल्महरूमा काम गर्न न्युयोर्क सहरमा सरे ।

उनको पहिलो फिल्म द विज थियो तर त्यो फ्लप भयो । यस फिल्मका सङ्गीत निर्देशक, क्विन्सी जोन्सले माइकलको प्रतिभा पहिचान गर्दै, उनीसँग ३ एकल सङ्गीत एल्बमहरू लन्च गरे, जुन असाध्यै सफल भयो । 

michael jackon6नाक भाँच्चिएपछि करियरमा ब्रेक लाग्यो

सन् १९७८ मा नाच्ने क्रममा माइकलको नाक भाँचियो । उनले राइनोप्लास्टी गराए तर त्यसपछि उनलाई सास फेर्न समस्या हुन थाल्यो । जसका कारण उनले धेरै दिन गायनबाट टाढै बस्नुप¥यो र करियर सुरु हुनुअघि नै ब्रेक लाग्यो । १ वर्षको ब्रेक पछि, माइकलले गायनमा पुनरागमन गरे र धेरै हिटहरू दिएर पहिचान बनाए ।

सन् १९८२ मा माइकलको छैटौँ म्युजिकल एल्बम, थ्रिलरको रिलिज भयो, जुन संसारमा सबैभन्दा धेरै बिक्री हुने एल्बम बन्यो । यसको ७ करोड प्रति बिक्री भएको थियो । यस एल्बमले ८ ग्रामी अवार्ड प्राप्त गर्‍यो, जुन आफैँमा एक रेकर्ड हो । माइकल हरेक एल्बमको बिक्रीमा १२ डलर रोयल्टीका लागि विश्वका सबैभन्दा धेरै रोयल्टी तिर्ने कलाकार बने ।

michael jackon7अचानक गोरो हुँदा विवादमा घेरिएका थिए माइकल ज्याक्सन

सन् १९८३ सम्म, अफ्रिकी–अमेरिकी माइकल ज्याक्सनको छालाको रङ कालो थियो । तर त्यसपछि अचानक उनको छालाको रङ सेतो हुन थाल्यो । विवादमा आएपछि उनका छालाका डाक्टर अर्नोल्ड क्लेनले उनलाई भर्टिगो (दुबी) को समस्या भएका कारण उनको छालामा कालो सेतो दाग बनेको बताए । ती दागलाई लुकाउनका लागि माइकल सेतो मेकअप गराउँथे ।

दुबीको उपचार गराउनका लागि उनको छाला ब्लिच गर्नुपर्‍यो र उनी गोरो भए । मानिसहरूले उनलाई अफ्रिकी छाला फेर्न ब्लिचको सहायता लिएको भनेर पनि आरोप लगाए । माइकल ज्याक्सन आफ्नो छाला र स्वरूपका लागि असाध्यै चिन्तित थिए भनेर धेरैले भन्ने गर्छन् ।

michael jackon5आमाको दाबी– उनलाई कस्मेटिक सर्जरीको लत थियो

माइकलको मृत्युपछि उनकी आमाले माइकलले भर्टिगोबाट छुटकारा पाउनका लागि केही शल्यक्रिया गरेको दाबी गरिन्, तर आफू सुन्दर भएको देखेर उनलाई कस्मेटिक सर्जरीको लत लाग्न थालेको उनले बताइन् । माइकलले सन् १९८८ मा बायोग्राफीमा उनले दुई पटक राइनोप्लास्टि र एक पटक चिउँडाको शल्यक्रिया गराएको स्वीकार गरेका थिए ।

michael jackon8माइकल ज्याक्सन बुढ्यौली रोक्न अक्सिजन बेडमा सुत्ने गर्दथे

सन् १९८६ मा, हाइपरबारिक अक्सिजन च्यामबरमा सुतिरहेको माइकलको फोटो बाहिरियो । वास्तवमा माइकल आफ्नो उमेर रोक्न अक्सिजन च्यामबरमा सुत्ने गर्थे ।

माइकल ज्याक्सनले महिलाको हर्मोन इन्जेक्सन लगाउँथे

माइकल ज्याक्सनले आफ्नो भोइस पिच उच्च राख्नका लागि महिला हर्मोनल इन्जेक्सनको सट लिने गर्दथे । उनी महिलाको झैँ छाला र कम रौँ चाहन्थे । माइकलले आफ्नो आँखाको पनि शल्यक्रिया गराएका थिए । यस्तै उनले महिलाको झैँ कपडा लगाउन र तयार हुन पनि मन पर्दथ्यो ।

elephant manसन् १९८० मा मरेका व्यक्तिको हड्डी किन्न चाहन्थे माइकल ज्याक्सन

सिकागो ट्रिब्युनलका अनुसार सन् १९८७ मा माइकल सन् १९८० मा मृत्यु भइसकेका जोसेफ मेरिकको कङ्काल किन्न चाहन्थे । उनका प्रचारकले यसका लागि ८ करोडको बोली लगाएका थिए । वास्तवमा, जोसेफ मेरिकलाई एउटा अचम्मको रोग लागेको थियो, त्यसैका कारण उनलाई एलिफेन्ट म्यान भनिन्थ्यो । माइकलले उनको कङ्काल किनेर उनीमाथि अनुसन्धान गर्न चाहन्थे किनभने उनलाई विज्ञानमा असाध्यै रुचि थियो ।

michael jackon9२७०० एकडमा बनाएका थिए घर

मार्च सन् १९८८ मा माइकलले क्यालिफोर्नियामा २७०० एकडमा आफ्नो घर बनाएका थिए जसको नाम नेभरल्यान्ड थियो । यो घरको मूल्य १७ मिलियन डलर थियो । यो घरमा बच्चाका लागि खेल मैदान, मुभी थिएटर र चिडियाखाना थियो । यो घरका लागि मात्रै उनले ४० जना सुरक्षाकर्मी राखेका थिए ।

१३ वर्षीय बालकले लगाए यौन दुर्व्यवहारको आरोप

अगस्त १९९३ मा, १३ वर्षीय जोर्डन चन्डलरले माइकललाई बाल यौन दुर्व्यवहारको आरोप लगाए । मुद्दाको क्रममा, जोर्डन र उनका बुबा इभान्सले माइकलका केही व्यक्तिगत विवरणहरू पनि साझा गरेका थिए, जुन उनीहरूले उत्पीडनको क्रममा थाहा पाएका थिए । केही महिनापछि, प्रमाणको अभावमा मुद्दा सुस्त भयो र यस बीचमा माइकलले अदालत बाहिर कुरा मिलाए । यसका लागि उनले जोर्डनलाई ३०० करोड रुपैयाँ दिएका थिए ।

michael jackon10खराब छविका कारण लागू औषधको लत लाग्यो

पेप्सीको विज्ञापनमा भएको दुर्घटनापछि माइकलले टाउकोको शल्यक्रिया गर्नुपरेको थियो । शल्यक्रिया पछि, माइकल केही पेन किलर औषधिहरूमा निर्भर हुन थाले, तर जब उनको छवि बाल दुर्व्यवहारको कारणले बिग्रियो, तब उनी लागू औषध दुर्व्यसनी बने । यसले उनको स्वास्थ्यलाई यसरी असर गर्‌याे कि १२ नोभेम्बर १९९३ मा उनले आफ्ना सबै कन्सर्टहरू रद्द गरे ।

लागू औषध किन्न १९ नक्कली परिचय पत्र बनाए

टीएमजेड च्यानलको डकुमेन्ट्री हु रियल्ली किल्ड माइकल ज्याक्सनमा माइकलले ड्रग किन्नका लागि १९ वटा नक्कली आईडी कार्ड बनाएको दाबी गरिएको थियो । उनीसँग व्यक्तिगत डाक्टरहरूको टोली थियो, जसले उनलाई सबै प्रकारका औषधिहरूको प्रिस्क्रिप्शन दिन्थे । माइकलका छालाका डाक्टर अर्नोल्ड क्लेनले एउटा डायरी राख्थे, जसमा कुन आइडीबाट कुन औषधि किनियो भन्ने कुरा उल्लेख थियो ।

michael jackon11विवादका बीच एल्विस प्रेस्लीकी छोरीसँग विवाह गरे

बिग्रँदो स्वास्थ्य र खराब छविका बीच चर्चित गायक एल्विस प्रेस्लीकी छोरी लिजाले माइकललाई प्रेमको प्रस्ताव राखिन् र यी दुईले मे १९९४ मा विवाह गरे । बाल यौन दुर्व्यवहारको मुद्दाबाट ध्यान हटाउन माइकलले यो विवाह गरेको धेरैले आरोप लगाए । यी दुईको विवाह १९ महिनामा नै टुट्यो । सम्बन्ध विच्छेदपछि माइकलले ‘हिस्ट्री’ नामको एल्बम लन्च गरे । यसले उनको पछिल्लो रेकर्ड पनि तोड्यो । यो एल्बमको २ करोड कपी विक्री भएको थियो ।

सन् १९९५ मा आयो प्यानिक अट्याक

सन् १९९५ मा एक टिभी सो रिहर्सलका बेला माइकल ज्याक्सनलाई प्यानिक अट्याक आयो र उनी बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही महिनापछि उनले ३५ देशमा ५८ कन्सर्ट गरे, जसमा ४५ लाख मानिस समावेश भएका थिए ।

सिड्नी टुरका बेला माइकल ज्याक्सनले आफ्ना छालाका डाक्टर क्लेनकी असिस्टेन्ट डेबी रोबेसँग दोस्रो विवाह गरे । विवाह अघि नै डेबी ६ महिनाको गर्भवती थिइन् । १३ फेब्रुअरी सन् १९९७ मा माइकलका जेठो छोरा प्रिन्स माइकलको जन्म भयो । सन् १९९८ मा डेबीले छोरी पेरिसलाई जन्म दिइन् ।

michael jackon12केही वर्षपछि सन् २००० मा यी दुईको सम्बन्धविच्छेद भयो र ८ मिलियन डलरको सेटलमेन्टमा बच्चाको कस्टडी माइकलले पाए । सन् २००४ मा माइकलमाथि पुनः बाल यौन हिंसाको आरोप लागेपछि बच्चाको हेरविचार गर्ने जिम्मेवारी डेबीलाई सुम्पिइयो ।

सन् १९९४ मा माइकलको घरमा छापा मार्दा, पुलिसले कपडा बिनाका धेरै बच्चाहरूको तस्बिर भएको किताब फेला पारेको थियो । प्रहरीले उनीसँग यसबारे सोधपुछ गर्दा माइकलले उनलाई कसैले यो किताब पठाएको र यसलाई आफूले कहिल्यै नखोलेको स्पष्टीकरण दिए । माइकलको मृत्युपछि उनको घरमा काम गर्ने कर्मचारीले माइकलले बच्चाहरूलाई बिना कपडा नै घरमा राख्ने गरेको बताइन् ।

michael jackon13मृत्युका बेला लगभग ५ हजार करोड ऋण थियो

कुनै समय माइकलले हरेक हप्ता १५५ करोड रुपैयाँ कमाउने गर्थे तर उनको मृत्यु हुँदा उनी लगभग ५ हजार करोड ऋणमा थिए । उनको मृत्यु पछि पनि, उनी धेरै वर्षसम्म सबैभन्दा धेरै कमाउने गायक थिए । माइकल ज्याक्सनले आफ्नो जीवनमा लगभग साढे ६ हजार करोड रुपैयाँ दान गरेका थिए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप