आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोरमैला व्यवस्थाका लागि काठमाडौँ महानगरले छुट्यायो ८७ करोड ९३ लाख बजेट

आइतबार, १० असार २०८०, १४ : ५२
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरभित्रको फोर व्यवस्थापनका लागि कूल ८७ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षभित्रमा फोहरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणालीसहितको कार्यक्रम सञ्चालन गर्नका लागि उक्त बजेट छुट्याएको महानगरले जनाएको छ । 

जसमध्ये सरसफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि मात्र २७ करोड रुपैयाँ विनियोजन गरिएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।

महानगर क्षेत्रभित्रका नदीहरुको नियमित सरसफाइ गरी नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा सञ्चालनका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको समेत उपमेयर डंगोलले जानकारी दिइन् । 

यस कार्यक्रममा विभिन्न संघसंस्था, निजी क्षेत्र र सरकारी निकायहरुसँग समेत समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने उनको वक्तव्य छ ।

वायु प्रदूषण, ध्वनि प्रदूषणलगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानको लागि समेत आवश्यक रकम छुट्याइएको उपमेयर डंगोलले जानकारी दिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप