आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले पनि साइकल लेन छुट्याउने

आइतबार, १० असार २०८०, १४ : ५७
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरले पनि नगरभित्रका सडक सञ्जालहरुमा साइकल लेन छुट्याउने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित बजेट ल्याएको महानगरले नगरभित्र साइकल लेनको सम्भाव्यता अध्ययन र कामका लागि आवश्यक बजेट छुट्याएको जनाएको हो । 

उपमेयर सुनिता डंगोलले पैदलयात्रीहरुलाई सहज आवागमन एवं सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएकी छिन् । 

सोही बजेट वक्तव्यमार्फत उपमेयर डंगोलले महानगरवासीलाई सरल, सहज र चुस्त आवागमनको लागि साइकल–लेनको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप