आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर उठाउन महानगरले कर टोली गठन गर्ने, ३ करोड ४२ लाख खर्च विनियोजन

आइतबार, १० असार २०८०, १५ : १०
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिका भित्रको कर प्रणालीलाई व्यवस्थित र परिमार्जित गर्न कर टोली गठन गर्ने भएको छ ।

आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महानगरपालिकाले करको दरमा समसामयिक पुनरावलोकन गर्न तथा करको दायरा फराकिलो बनाई राजश्व परिचालनमा थप प्रभावकारिता ल्याउन कर टोली गठन गरी परिचालन समेत गरिने जनाएको हो । 

यसका लागि ३ करोड ४२ लाख रुपैयाँ बजेट छुट्याइएको उपमेयर सुनिला डंगोलले जानकारी दिइन् । 

निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी सार्वजनिक निर्माण तथा सेवाप्रवाहमा साझेदारी कार्यक्रम प्रवर्द्धन गर्न आवश्यक बजेट सहितको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप