आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले थप ८०३ जना कर्मचारी करारमा भर्ती गर्ने, नगर प्रहरीको कोटा ५ सय

आइतबार, १० असार २०८०, १५ : १३
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा थप ८०३ जना नयाँ कर्मचारी करारमा लिने भएको छ । 

आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको महानगरले महानगरको क्षेत्रगत विषयको जनशक्तीको अभावलाई तत्काल परिपूर्ति गर्न कुचीकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगर प्रहरी जवान १५१ लाई करार सेवा मार्फत सम्झौता गरी काममा लगाउने जनाएको छ । 

यसका लागि महानगरले ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् । 

साथै हालको नगर प्रहरीतर्फ कोटा समेत बढाएर कुल ५०० जनाको दरबन्दी रहने व्यवस्था गरिएको डंगोलले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप