आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस

आइतबार, १० असार २०८०, १६ : ३३
आइतबार, १० असार २०८०

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन् ।

राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो ।

विधेयकबारे सम्बन्धित निकायसँगको पटक-पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप