आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’मा करिश्माको जीवन भोगाई

आइतबार, १० असार २०८०, १९ : ५९
आइतबार, १० असार २०८०

काठमाडौँ । २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘बगान’को नयाँ गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतको सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर छ ।

गीतको भिडियोमा भने अभिनेत्री करिश्मा मानन्धरलाई देखिएकी छन् । जसमा उनको जीवनका उतारचढाप देखाउन खोजिएको छ ।

फिल्ममा करिश्माको अलवा सरोज खनाल, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । स्वप्न नीरवको कथामा निर्माण भएको फिल्म अभिनेता खनालले निर्देशन गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स छ ।

फिल्ममा नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिमको छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप