आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीबाट सशस्त्रले बरामद गरेको पहेँलो धातु ‘सुन’ पुष्टि

मूल्य १ करोड ८५ लाख ६५ हजार
सोमबार, ११ असार २०८०, ११ : ३९
सोमबार, ११ असार २०८०

काठमाडौँ । रुपन्देहीबाट सशस्त्र प्रहरीले बरामद गरेको पहेँलो धातु सुन नै प्रमाणित भएको छ । शनिवार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको थियो ।

परीक्षण गर्दा सो धातु सुन पुष्टि भएको नम्बर–५ बिन्ध्यवासिनि बाहिनीका डिआईजी बिदुर खड्काले रातोपाटीलाई बताए । परीक्षण गरेर तौल गर्दा सो सुनको तौल १ किलो ९६५ ग्राम भएको छ । सो सुनको बजार मूल्य १ करोड ८५ लाख ६५ हजार पर्छ ।

सशस्त्र प्रहरीले सो सुन भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा इँटा आकारको सुन भेटिएको हो । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप