आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२० वर्षमै बुबा बनेका थिए राजपाल, तर गुमाए पत्नी

सोमबार, ११ असार २०८०, ११ : ५५
सोमबार, ११ असार २०८०

मुम्बई । कमेडियन अभिनेता राजपाल यादवले आफू २० वर्षको उमेरमा बुबा बनेको बताएका छन् । एक भारतीय मिडियामा दिएको अन्तर्वार्तामा उनले आफूलाई २० वर्षमै बुबा बनाउने पत्नीको भने आमा बनेपछि निधन भएको खुलासा गरे ।

राजपाल सानै उमेरदेखि एक फ्याक्ट्रीमा काम गर्थे । उनको पहिलो विवाह करुणा नामको एक युवतीसँग भएको थियो । ‘त्यो समय नोकरी गर्ने व्यक्तिलाई परिवारले विवाहका लागि कर गर्थे । मेरो बुबाले पनि मेरो विवाह गरिदिनुभयो’, राजपालले भने ‘पहिलो सन्तानको रूपमा छोरीको जन्म दिँदा श्रीमतीको मृत्यु भयो । मैले दोस्रो दिन उनको शव काँधमा बोके ।’

राजपालको पहिलो पत्नीको मृत्यु सन् १९९१ मा भएको थियो । श्रीमतीको मृत्युको १३ वर्षपछि उनले फिल्म उद्योगमा करियर बनाए । श्रीमतीको मृत्युपछि उनले एनएसडीमा अध्ययन गरे, टिभी र फिल्ममा काम गरे । जब २००० मा उनको फिल्म जंगल रिलिज भयो । उनी अभिनेताको रूपमा रातारात स्थापित भए ।

राजपालले दोस्रा विवाह भने राधा सेकीसँग ३१ वर्षमा गरेका थिए । ‘म २००१ मा म हिरोको सुटिङ गर्दै थिए । त्यहाँ राधासँग भेट भयो । दुबैका बीच चिनजान र कुराकानी भयो । परिवारको सहमतिमा हामीले २००३ मा विवाह गर्‍यौँ,’ राजपालले सुनाए ।

राजपालले दोस्री पत्नी क्यानडा निवासी थिइन् । जो उनीभन्दा ९ वर्ष कान्छी थिइन् । राजपालले सफलताको थप राज खोले, ‘राधाले अभिनेताको रूपमा अगाडि बढ्न हरेक किसिमले साथ दिइन् । मेरो परिवारलाई सम्हालिन् र पहिलो पत्नीका छोरीलाई पनि छोरी जसरी नै पालिन् ।’

राजपालका अहिले ३ छोरी छन् । उनको पहिलो पत्नीको छोरीको नाम ज्योति हो । जसको २०१७ मा बैंकको क्यासियरसँग विवाह भएको छ । दोस्रो पत्नीका २ छोरी छन् । जसको नाम हर्षिता र रेह हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप