आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीमा स्तम्भलाई व्यवस्थित बनाउन नारायणी शर्माको ध्यानाकर्षण

सोमबार, ११ असार २०८०, १३ : ५६
सोमबार, ११ असार २०८०

काठमाडौँ । सांसद नारायणी शर्माले भारतसँग जोडिएको सीमा स्तम्भलाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाकामा रहेको ४८ नम्बरको सीमा स्तम्भ खबरी खोलाले बगाएको वर्षौ भएपनि पुर्नस्थापना अहिलेसम्म नभएको बताइन् । 
त्यसैगरी दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थानीय नाकाबासीहरुले सिमलको बोटलाई सीमा स्तम्भ मानी त्यही आधारस्तम्भ मानेर अहिलेसम्म सीमा स्तम्भको रुपमा बुझिराखेको बताइन् । 

दाङको सीमा स्तम्भहरु निकै जिर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले ३७ वटा मुख्य सीमा स्तम्भ र ४० वटा सहायक स्तम्भ रहेको संसदमा बताइन् ।  तर, मर्मत सम्भारका लागि केही पहल नभएको भन्दै उनले सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप