आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराँती

सोमबार, ११ असार २०८०, १८ : ३४
सोमबार, ११ असार २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन् ।  

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै उनले  आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्तिभन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे । 

मन्त्री किराँतीले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गरे । उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे ।  

मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप