आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशमा अलपत्र परेका नेपाली कामदारलाई आश्रय स्थलको व्यवस्था मिलाइएको छ : श्रममन्त्री भण्डारी

सोमबार, ११ असार २०८०, १९ : ३७
सोमबार, ११ असार २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । 

मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिए । उनले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताए ।  

मन्त्री भण्डारीले भने, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराईनमा विशेष आश्रय स्थलहरुको व्यवस्था गरिएको छ । प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुमार्फत् वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति हुने व्यवस्था गरिएको छ । नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारी अनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धी छनौट कार्यलाई व्यवस्थित  र प्रभावकारी रुपमा अगाडि समझदारको कार्यान्वयन ढाँचा मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको छ ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप