आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व क्रिकेटको दुर्लभ नतिजा : बराबरीमा सकियो वेस्ट इन्डिज र नेदरल्यान्ड्सबीचको खेल

सोमबार, ११ असार २०८०, २० : ५८
सोमबार, ११ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सोमबार भएको समूहगत चरणको अन्तिम खेल बराबरीमा सकिएको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेदरल्यान्ड्सबीचको खेल बराबरीमा सकिएको हो ।

विश्व क्रिकेटमा यो दुर्लभ नतिजा हो । खेलका क्रममा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई गतिलो चुनौती दियो ।  पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ७४ रन नै बनायो ।

अर्को खेलमा जिम्बाबेले अमेरिकालाई तीन सय चार रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर चार सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने २५.१ ओभरमै अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो । विश्वकप छनोट खेल जिम्बाबेमा भइरहेको छ । नेपाल भने उपाधि होडबाट यसअघि नै बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप