आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगलागीबाट आठ घर जलेर नष्ट

मङ्गलबार, १२ असार २०८०, ०८ : ४९
मङ्गलबार, १२ असार २०८०

इलाम । इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

गए राति करिब २ः०० बजेबाट आगलागी भएको थियो । स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन ।

रातको समय र आगलागी पूर्णरूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप