आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनमा पहिरोमा परी ७ जनाको मृत्यु

मङ्गलबार, १२ असार २०८०, १५ : ४२
मङ्गलबार, १२ असार २०८०

चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ ।

छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।

मङ्गलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप