आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दबाब थेग्न नसकेर स–साना बजेट पनि संघबाट विनियोजन गरेका हौँ : अर्थमन्त्री महत

मङ्गलबार, १२ असार २०८०, १८ : ५०
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताएका हुन् । 

मन्त्री महतले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट पार्न दबाब आएको बताए । उनले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने,‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ, हो । यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाअध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुप¥यो भनेर आए । मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ ।’

मन्त्री महतले परिणाममुखी बजेट ल्याएको ल्याइएको बताए ।  उनले बजेटले राजश्वको दायरा बढाउने बताए । उनले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि उल्लेख गरे ।  

मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभएपनि धेरै बढ्न नदिने कुरामा आफूहरु सरकार सचेत रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप