आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारको ईद विशेष कार्यक्रममा मध्यपूर्वले नेतृत्व पाउनुपर्नेमा जोड

बुधबार, १३ असार २०८०, १० : ५२
बुधबार, १३ असार २०८०

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको ईद विशेष कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दोहाको डिप्लोम्याटिक क्लबमा ईद उल अदहाको अवसरमा शुभकामना आदानप्रदान तथा एनआरएनए कतारको ०२१–२३ कार्यकालको सांस्कृतिक एवम् विभिन्न कार्यक्रमका सहयोगी संघ संस्थाहरुलाई सम्मान तथा धन्यवाद कार्यक्रम  सम्पन्न भएको हो ।  कतारस्थित विभिन्न सामाजिक संघसंस्था र गैरआवासीय नेपाली संघका उच्च अधिकारीहरुको सहभागितामा भएको कार्यक्रममा एनआरएनएको महत्व र आगामी दिनमा यसले खेल्नुपर्ने थप भूमिकाका विषयमा छलफलका साथै विचार विमर्श भएको थियो । 

यस्तै एनआरएनए अभियानका क्रममा हालसम्म मध्यपूर्वले नेतृत्व नपाएको सन्दर्भमा ११ औँ महाधिवेशनबाट चाहिँ  नेतृत्व मध्यपूर्वलाई दिनुपर्ने धारणा यो क्षेत्रका सरोकारवालाहरुको जोड थियो ।  कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता र एनसीसी कतारका अध्यक्ष मोहमद मुक्तदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले गैरआवासीय नेपालीको ज्यान विदेशमा भएपनि मन स्वदेशमै रहेको बताए । ‘ज्यान विदेशमा भएपनि मन नेपालमै छ’, उनले भने । नेपालको विकासका लागि एनआरएनएले आफ्नो क्षेत्रबाट पहल गरिरहेको भन्दै उनले एनआरएनएसम्बन्धी समस्या समाधानका लागि निरन्तर सरकारलाई घचघच्याइरहेको पनि बताए । 

उनका अनुसार यतिबेला नागरिकताको समस्या समाधान भएपनि धेरै कुरा बाँकी छ । यस्तै मध्यपूर्वका श्रमिकहरुको हितका लागि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि मध्यपूर्वबाट नै अबको नेतृत्व हुनुपर्नेमा जोड दिँदै शर्माले यसमा अग्रज र सहकर्मीहरुको साथ रहने बताए । शर्माले ११ औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा लबिङ गर्दै आएका छन् । त्यसका लागि शर्मालाई अघि सार्न मध्यपूर्र्व एकमत जस्तै रहेको बताइन्छ । 

यस्तै गैरआवासी नेािली संघ एनआरनएनएका अध्यक्ष कुल आचार्यले एनआरएनएकै पहलमा वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोष लागू गरिएको भन्दै यसमा आबद्ध हुन आथग्रह गरे। उनले एनआरएनएमार्फत विश्वभरका नेपालीहरुको समस्या समाधान हुन सकेको बताए ।  अर्का कार्यकारी अध्यक्ष बद्री केसीले संस्थाभित्र हुने सामान्य वादविवादलाई सामान्य रुपमा नै लिनुपर्ने भन्दै ठूलो संस्थामा विवाद भएपनि सबै मिलेर हल गर्दै अघि बढिनुपर्ने बताए । उनले एनआरएनएको आवश्यकता र महत्व थप बढ्दै गएको पनि बताए । 

कार्यक्रममा राजदूत ढकालले दूतावासले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन भूमिका खेलेको र  मजदुरको समस्या समाधान गर्न हर तरहले काम गरिरहेको बताए ।  कार्यक्रममा कतार विश्वकपका क्रममा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने कार्यमा संलग्न कलाकारलाई सम्मान गरिएको थियो । यस्तै विभिन्न समयमा विभिन्न कार्यक्रमका सहयोगी भूमिका खेल्ने संघ संस्थाहरुलाई सम्मान गरिएको थियो भने नेपाली पञ्चेबाजाले माहोललाईए थपतताएको थियो । यस्तै कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य समेत प्रदर्शन गरेका थिए । 

सोही अवसरमा जनसवाल राष्ट्रयि दैनिकमा प्रधानसम्पादक रामजी बजाले, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देलसहित नेपालबाट कार्यक्रममा सहभागी हुन पुगेका सञ्चारकर्मीसहित अन्य अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।   यसैबीच कतारमै मंगलबार नेपाली कांग्रेसको प्रवासमा रहेको भ्रातृ संगठन जनसम्पर्क समिति कतारले पनि कतारमा भेला भएका एनआरएनएका नेताहरु र सञ्चारकर्मीको स्वागतमा कार्यक्रम गरेको छ । कार्यक्रममा एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसी, उपाध्यक्षहरु महेश श्रेष्ठ आरके शर्मा, धर्मराज अधिकारी, युवा उपाध्यक्षराज रेग्मी, रोशन थापा सहभाग िथिए । यस्तै उपमहासचिव रामशरण सिम्खडा, गणेश केसी, सचिव गंगाधर गौतमलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप