आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय दलको बैठक

बजेटको पक्षमा उभिन जसपाको ह्विप

बुधबार, १३ असार २०८०, १४ : १९
बुधबार, १३ असार २०८०

काठमाडौँ । सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले दलका सम्पूर्ण सांसदहरुलाई २०८०/८१ को बजेट सर्वसम्मतबाट पास गर्ने निर्णय गरे अनुसार सबैलाई ह्विप जारी गरेको यादवको भनाई छ । जसपाका १२ सांसद रहेका छन् ।

यसअघि, नेपाली कांग्रेस, एकीकृत समाजावादी पार्टी र नेकपा माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेको छ । बजेट बुधबार नै प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

jasapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप