आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई प्याजमा आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री महत

बुधबार, १३ असार २०८०, १९ : ५०
बुधबार, १३ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  

बुधवार प्रतिनिधिसभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।  

अर्थमन्त्री महतले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए । उनले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरू साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए । उनले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताए ।  

अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए । उनले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताए । उनले कालिमाटीमा बिचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए । 

अर्थमन्त्री महतले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट नलाग्ने बताए । उनले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गरे । 

अर्थमन्त्री महतले सुर्तीजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताए । उनले सुर्तीजन्य वस्तु मुलुकभित्र प्रतिबन्ध गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताए । उनले सरकारलाई सुर्तीजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताए । उनले नेपालको सुर्तीजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वमा नै बढी रहेको जानकारी दिए । 

अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गरे ।  उनले पाँच तारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताए । उनले १० लखाभन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताए । उनले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको बताए । उनले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप