आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा हाई–टेन्सन तारसँग रथ ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

बिहीबार, १४ असार २०८०, १४ : ०१
बिहीबार, १४ असार २०८०

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ  भने अन्य १५ जना घाइते भएका छन् ।

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप