आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नुनको दानाभन्दा सानो ह्यान्डब्याग ८४ लाख रुपैयाँमा बिक्री

शुक्रबार, १५ असार २०८०, ०९ : ३२
शुक्रबार, १५ असार २०८०

ब्रुकलिन । एउटा नुनको दानाभन्दा सानो ‘माइक्रोस्कोपिक’ ह्यान्डब्याग लिलामीमा ६३ हजार ७५० अमेरिकी डलर (करिब ८४ लाख रुपैयाँ) मा बिक्री भएको छ । उक्त ब्यागलाई हेर्नकै लागि माइक्रोस्कोप चाहिन्छ । यसको आकार ६५७x२२२x७०० माइक्रोमिटर मात्र रहेको छ ।

‘सियोको धागो छिराउने प्वालबाट समेत छिर्न सक्ने यो ब्याग यति सानो छ कि तपाईंले यसलाई हेर्नका लागि माइक्रोस्कोप प्रयोग गर्नुपर्छ,’ यो कलालाई सङ्ग्रह गर्ने कम्पनीले बताएको छ । ब्रुक्लिनमा रहेको आर्ट कलेक्टिभ ‘एमएससीएचएफ’ विवादास्पद डिजाइनहरूका लागि चिनिन्छ । उनीहरूको विवादित कलामा मानिसको रगत भएको जुत्ता, जुत्ताको सोलमा पवित्र जललगायत छन् । 

माइक्रोस्कोपिक ह्यान्डब्यागमा लुई भिटोनको ब्रान्डिङ रहेको छ । तर, ब्रान्डसँग यसको कुनै सम्बन्ध भने रहेको छैन । यसलाई फोटो पोलिमर रेसनबाट थ्रीडी प्रिन्टिङको माध्यमबाट तयार गरिएको हो । –बीबीसी

handbag2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप