आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोनेपेले आफ्नो नेट्वोर्कमा नमस्ते पेलाई गर्‍यो आबद्ध

शुक्रबार, १५ असार २०८०, १२ : २७
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच फोन पे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ ।  

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोन पे र नमस्ते पेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु-आर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “फोनपेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्ते पे प्रयोगकर्ताहरूले फोन पे क्यु-आर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप