आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा विनियोजन विधेयक पेश

शुक्रबार, १५ असार २०८०, १४ : ५६
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेश गरेका हुन् ।  

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन विधेयक राष्ट्रियसभामा पेश गर्नुपरेको बताए ।  

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।’

गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप